Aafno Khabar

प्रहरीको मोटरसाइकललाई बोलेरोले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु, हवल्दार घाइते

  • आफ्नो खबर
  • August 19, 2020 प्रकाशित

कास्की । पोखरामा मंगलबार राति बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकललाई गए राति १ ०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्दा सोही दिशाबाट आएको ग २ च २६२६ नंको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याइएकामा मोटरसाइकल चालक प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको उपचारका क्रममा राति १ ५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाइते प्रहरी हवल्दार बर्दिया मैनापुर–२ घर भएका ३४ वर्षीय डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने जिप र चालक प्रहरी नियन्त्रणमा छन् ।