काठमाडाैं । काठमाडौं उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा हुनेछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारीसाधन समेत चलाउने नदिने निर्णय भएको छ । अत्यावश्यक बाहेकका अन्य व्यापार व्यवसाय पनि बन्द हुनेछन् ।