Aafno Khabar

काेराेना संक्रमित थप ७ जनाकाे मृत्यु

  • आफ्नो खबर
  • August 18, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे ।

प्रवक्ता गौतमका अनुसार कोरोनाको संक्रमणबाट काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा एक–एक जना पुरुष तथा तनहुँकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको हाे ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।

मंगलबार उपत्यकामा २ सय ५ जनासहित देशभर एक हजार १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे हालसम्मकाे उच्च काेराेना संक्रमितकाे संख्या हाे ।