काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार गरिएको परीक्षणमा उपत्यकामा थप २ सय ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । उहाँका अनुसार काठमाडौंमा १ सय ३८ जना, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ। संक्रमितमध्ये १७ हजार ५ सय ८० जना निको भएर घर फर्किएका छन् ।