बारा । कुलोमा माछा मारेको विषयमा विवाद हुँदा बारामा दुई गाउँबीच झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ ।
सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको प्रहरीले जनाएको छ । झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ ।
कुलोमा माछा मारेको र डुबानको विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको प्रहरीले बताएको छ। ‘गाउँ गाउँबीच नै आक्रमण र प्रतिकार शुरु भएर, घरटहरा समेत भत्काउन शुरु गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । अहिले स्थिति सामान्य भएको छ ।