Aafno Khabar

शनिबार थपिए ४ सय ६८ जना काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 15, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय  ६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा ४ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

यीसहित देशभर अहिलेसम्म कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

विगत २४ घण्टामा १ सय २४ जना काेराेना संक्रमण निकाे भएर घर फर्किएका छन् । हालसम्म काेराेना निकाे भएर घर फर्किनेकाे संख्या १७ हजार २ सय १ पुगेकाे छ ।