Aafno Khabar

शुक्रबार थपिए ५ सय ९४ जना काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 14, 2020 प्रकाशित

काठमाडाैं । शुक्रबार देशभर कोरोनाका ५ सय ९४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

विगत २४ घण्टामा २ सय ४० जना कोरोनाबाट निको भइ घर फर्किका छन् । हालसम्म १७ हजार ७७ जना कोरोनाबाट निको भएर घर फर्किका छन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ ।