काठमाडौं । मंगलबार नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६ सय ३८ जना संक्रमित भेटिएका हुन् ।
यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ७१ जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् ।
हालसम्म १६ हजार ६ सय ६४ जना कोरोनाबाट निको भएका छन् । विगत २४ घण्टामा १० हजार बढीको पीसीआर परीक्षण भएको छ । हालसम्म ४ लाख ६२ हजार बढीको पीसीआर परीक्षण भएको छ ।
त्यस्तै, ८३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ ।