Aafno Khabar

काेभिड १९ संक्रमणबाट नेपालमा हालसम्म ७९ जनाकाे मृत्यु

  • आफ्नो खबर
  • August 10, 2020 प्रकाशित

काठमाडाैं । नेपालमा काेभिड १९ संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ७९ पुगेकाे छ । विगत २४ घण्टामा थप चार जनाको मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।

मन्त्रालयका अनुसार बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत एक महिलाको आइतबार दिउँसो मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिला स्वास्थ्यमा समस्या देखिएपछि कोहलपुर मेडिकल कलेजमा केही दिनअघि भर्ना भएकी थिइन् । अस्पताल भर्ना भएपछि महिलाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यस्तै, वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीकी ४५ वर्षीया महिलाको पनि कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ। मृत्युपछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि कोभिड अस्पताल भर्ना गरिएको महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

त्यस्तै, ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। कलंकी ट्याङ्लाफाँट निवासी ६४ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

निमोनिया र मधुमेहको रोगी रहेका पुरूष साउन १५ गते अस्पताल भर्ना भएका थिए । कोरोनाको आशंकामा उनको साउन १९ गते स्वाब संकलन गरी परीक्षण गरिएको थियो । साउन २१ गते आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

त्यसैगरी, काठमाडाैंकाे मध्ये बानेश्वस्थित ७६ वर्षीय पुरुषकाे साेमबार बिहान १० बजे मेडिकियर अस्पतालमा मृत्यु भएकाे हाे ।