Aafno Khabar

काठमाडाैं उपत्यकामा थपिए ९२ जना काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 9, 2020 प्रकाशित

काठमाडाैं । आइतबार काठमाडौं उपत्यकामा ९२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ९२ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।

आइतबार थपिएका संक्रमितमध्ये काठमाडौंका ९० र  ललितपुरका २ जना छन् । नेपालमा आइतबार थप तीन सय ८० जना काेराेना संक्रमित थपिएका छन् ।