काठमाडौं । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सरकार अहिले नै पूर्ण लकडाउन गर्नेतर्फ नरहेको स्पष्ट पार्नुभएकाे छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सञ्चारकर्मीहरुकाे प्रश्नकाे उत्तरमा अहिलेकाे अवस्थामा पूर्ण लकडाउन नहुने बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे ‘सरकारले जहाँ संक्रमणको जोखिम देख्छ ती ठाउँहरुमा सेवा रोक्नुपर्ने हुन्छ । सरकारले चैत ११ गतेदेखि जसरी पूर्ण लकडाउन भनेर गएका थियौं । त्यो विधिबाट जाने भनेर सरकारले अहिले सोचेको छैन ।’
उहाँले परिस्थितिअनुसार जिल्ला प्रशासनले कदम चाल्न सक्ने जानकारी पनि दिनुभयाे । उहाँले थप भन्नुभयाे ‘अहिले नै हामी पूर्ण लकडाउन हुन्छ कि भनेर त्रसित हुनुपर्ने स्थिति छैन, सन्त्रस्त नहुन आग्रह गर्छु ।’