Aafno Khabar

स्वास्थ्य मन्त्रालयकाे चेतावनी : यसरी नै संक्रमित बढे अस्पतालले धान्न सक्दैन

  • आफ्नो खबर
  • August 6, 2020 प्रकाशित

काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं लगायत बाक्लो बस्ती भएको ठाउँमा कोभिड १९ को संक्रमण बढ्न थालेको जनाएको छ ।

बिहीवारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाक्लाे बस्ती भएकाे ठाउँमा संक्रमण बढ्न थालेपछि अब अस्पतालहरुले धान्न नसक्ने चेतावनी दिनुभएकाे हाे ।

उहाँले भन्नुभयाे ‘काठमाडौं उपत्यकालगायत अन्य बाक्लो बस्ती भएको ठाउँमा संक्रमणको दर बढेकोले अस्पतालमा बेड उपकरण र स्वास्थ्यकर्मी अभाव हुन सक्ने भएकोले सावधानी अपनाउन अनुरोध गर्दछु।’

गौतमले संक्रमण बढ्दै गएमा अस्पतालले धान्न नसक्नेसमेत बताउनुभयाे । उहाँले भन्नुभयाे  ‘संक्रमण बढ्दै गए हाम्रो अस्पतालले धान्न सक्दैन। हाम्रो स्वास्थ्यकर्मी पनि अभाव हुन सक्छ। अकालमा ज्यान जान सक्छ । त्यसैले रोग लाग्न बेलैमा होसियारी अपनाऔँ । बुद्धि पुर्‍याऔँ ।