Aafno Khabar

बुधबार थपिए ३ सय ८१ जना काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 5, 2020 प्रकाशित

काठमाडाैं । बुधबार देशका विभिन्न ठाउँमा कोरोनाका ३ सय ८१ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।

त्यस्तै, विगत २४ घण्टामा १ सय ३० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । हालसम्म १५ हजार १ सय ५६ जना कोरोनाबाट निको भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै, मृतक ६० जनामा कोरोना पुष्टि भएको छ। मृतकमध्ये पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना पुष्टि भएको हो ।