Aafno Khabar

मंगलबार नेपालमा थपिए २ सय ५९ जना काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 4, 2020 प्रकाशित

काठमाडौं । मंगलबार नेपालमा थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।

आज थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

त्यस्तै, विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ६५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म १५ हजार २६ जना कोरोनाबाट निको भएका छन् ।

हालसम्म ४ लाख ६ हजारको पीसीआर परीक्षण भएको छ । हालसम्म मृतक ५८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयल जनाएकाे छ ।