काठमाडाैं । देशको पहाडी भूभागमा शनिबारको मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भूभागका थोरै स्थानमा र तराईका केही स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
शनिबार राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ ।
देशको पूर्वी र मध्य भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।