काठमाडौं । संविधानको धारा ६६ ले राष्ट्रपतिको काम, कर्तव्य र अधिकार स्पष्टैसँग व्याख्या गरे पनि अधिकार बढाउने गरी नेकपामा छलफल थालिएको छ ।
देशमा अप्ठ्यारो आइलाग्यो भने राष्ट्रपतिको पनि अधिकार थप्नुपर्छ भन्ने पक्षमा नेकपा नेताहरू देखिएका छन् । ‘सेरेमोनियल राष्ट्रपतिलाई संकटकालीन अधिकार’ दिनुपर्ने पक्षमा नेकपाका नेताहरुको मत देखिएको छ ।
राष्ट्रपतिको अधिकार थप्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बढी चासो देखाउनुभएको छ । निकट भविष्यमै मिर्गौला प्रत्यारोपण गरिँदा सत्ता नेतृत्वमा लामो समय रिक्तता नहोस् भन्ने मनसायबाट यो कुरा ल्याइएको हुनसक्ने अनुमान गरिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।