Aafno Khabar

बाबु विनोदको उत्कृष्ट शब्द र अभिनयमा “मेरी हजुर”

  • आफ्नो खबर
  • May 21, 2025 प्रकाशित

काठमाडौं । युवा सर्जक बाबु विनोदको नयाँ गीत ‘मेरी हजुर’ सार्वजनिक भएको छ। छोटो समयमै नेपाली सुगम संगीतमा प्रभाव जमाएका विनोदको यो ताजा सिर्जनाले पनि दर्शक र श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

माया र प्रेमको भावनालाई समेटेर तयार पारिएको यस गीतमा गायक सुरज पण्डित र गायिका मेलिना राईले स्वर दिएका छन्। गीतको शब्द बाबु विनोद स्वयंले लेखेका हुन् भने संगीत संयोजन सुरज पण्डितले गरेका छन्।

गीतको म्युजिक भिडियोमा बाबु विनोद र गीत ढुङ्गाना मुख्य भूमिकामा देखिएका छन्। भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन्। निर्माण पक्षले भिडियो उत्कृष्ट बनाउन विशेष मेहनत गरेको स्पष्ट देखिन्छ।

For Song Click here