Aafno Khabar

टिकटकमा अत्यधिक रुचाइएको गीत ‘बाटो भिरको’

  • आफ्नो खबर
  • May 21, 2025 प्रकाशित

काठमाडौं — सार्वजनिक भएको २४ घण्टा नपुग्दै नयाँ गीत ‘बाटो भिरको’ युट्युबदेखि टिकटकसम्म अत्यधिक रुचाइएको छ। सेन्टिमेन्टल भावको यस गीतले दर्शक-श्रोताबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ।

जीवनका दुःख र पीडालाई सरल तर मार्मिक शब्द र संगीतमार्फत प्रस्तुत गरिएको यस गीतका शब्द शिव अखेलीले लेखेका हुन्, जसलाई शब्दका खानीको रूपमा चिनिन्छ। गायक सुर्य खड्का र निशा केसीले स्वर दिएका छन्, जसमा सुर्य खड्काले शिव अखेलीका थुप्रै गीतहरूमा स्वर दिइसकेका छन्।

अडियोसँगै सार्वजनिक गरिएको भिडियो पनि उत्कृष्ट बनेको छ। दुर्गा पौडेलको निर्देशनमा बनेको भिडियोमा गायक सुर्य खड्का र स्मारिका ढकालको जीवन्त अभिनयले गीतलाई अझ प्रभावशाली बनाएको छ।