Aafno Khabar

थापाथलीमा फेरि मेलम्चीको पाइप फुट्यो, सडक जलमग्न

  • आफ्नो खबर
  • March 4, 2025 प्रकाशित

काठमाडौं – बबरमहलमा मेलम्चीको पाइप फुटेको एक महिना नहुँदै थापाथलीमा फेरि मेलम्चीको खानेपानी फाइप फुटेको छ।

मंगलबार बिहान थापाथली क्षेत्रमा मेलम्चीको खानेपानी पाइप फुटेको हो। पाइप फुटेर बानी सडकमा बाढीकै रुपमा बगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

यसअघि माघ ३० गते दिउँसो नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली ड्रिल गर्नेक्रममा बबरमहलमा खानेपानीमो पाइप फुटेको थियो।