भारत । नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ। लोक नायक अस्पतालका प्रमुख रितु सक्सेनाका अनुसार घटनामा दर्जनौँ घाइते भएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, गृह मन्त्री अमित शाह र रेल मन्त्री अश्विनी वैष्णवले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन्। गृह मन्त्री शाहले पीडितलाई सबै आवश्यक सहायता उपलब्ध गराउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार स्टेशनमा अत्यधिक भिड थियो, जसले भागदौडको अवस्था सिर्जना गर्यो। एक यात्रु मनोरञ्जन झाका अनुसार राति ९:१५ बजे स्टेशनमा अत्यधिक भिड थियो, र उनकी आमाको ज्यान जोगिएको थियो। अर्की प्रत्यक्षदर्शी काजलका अनुसार मानिसहरू एक-अर्कालाई धक्का दिइरहेका थिए, जसका कारण धेरै मानिस लडे।
रेलवे प्रवक्ता दिलीप कुमारका अनुसार प्रयागराज एक्सप्रेस र मगध एक्सप्रेस चढ्न अत्यधिक यात्रु जम्मा भएपछि स्थिति बिग्रियो। घटनाको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गरिएकोछ।