Aafno Khabar
add khanepani

राजनराज सिवाकोटी र बल्छीसँगै झुम्यो वर्ड दुबई

  • आफ्नो खबर
  • October 26, 2024 प्रकाशित

काठमाडौं । क्रियटिभ मिडिया एण्ड म्यानेजमेन्टले आयोजना गरेको साहित्यिक, सांस्कृतिक, साङ्गितिक साँझ-२०८१ मा प्रवासमा रहेका नेपाली झुलेका छन् ।

दशैं र तिहारको छेको पारी आयोजना गरिएको साहित्यिक, सांस्कृतिक, साङ्गितिक साँझमा लोकप्रिय कलाकारहरु राजनराज सिवाकोटी, मरिचमान श्रेष्ठ ‘बल्छि धुव्रे’ले दमदार प्रस्तुति दिएका थिए । राजनराज सिवाकोटीले सांस्कृतिक साँझमा दर्जन बढी गीत गाएर नेपालीलाई राति अबेरसम्म नचाएका थिए ।

सिवाकोटीले गाएको ‘कुटुमा कुटु’ सङ्गीतमा झुम्नका लागि कार्यक्रम स्थलमा भारतीय नागरिकको पनि बाक्लो उपस्थिति रहेको कार्यक्रम संयोजक सुनिल खड्काले जानकारी दिए । सिवाकोटीले गाएको ‘कुटुमा कुटु’ बोलको गीत नेपालमा सर्वाधिक धेरै हेरिएको सङ्गीत हो भने यो भारतमा पनि लोकप्रिय रहेको छ ।

कार्यक्रममा हास्य टेलिश्रृङ्खला हल्का रमाइलोका लेखक तथा निर्देशक मचिनमान श्रेष्ठले पनि दमदार प्रस्तुति दिएका थिए । कलाकार पुजन घिमिरे ‘पुकू’ र बल्छिले साँझलाई रोमाञ्चक बनाएर नेपाली दर्शकलाई राति अबेरसम्म वर्ड दुबईको एस के सेभेन क्लवमा अड्याएका थिए । साँथै दुबईमा रहेका स्थानीय कलाकारहरुले पनि साँस्कृतिक साँझमा आफ्नो प्रस्तुति राखेका थिए ।

क्रियटिभ मिडिया एण्ड म्यानेजमेन्टले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय सोसल अवार्डको अवसरमा साहित्यिक, सांस्कृतिक, साङ्गितिक साँझ गर्दै आएको छ ।

प्रवासमा रहेका नेपालीलाई चाडपर्वको अवसरमा मनोरञ्जन दिने उद्देश्यले हरेक वर्ष विभिन्न देशमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष दुबईमा गरिएको निर्देशक खड्काले बताए । उनका अनुसार यो वर्ष पनि संस्थाले नेपालमा सामाजिक क्षेत्रमा योगदान दिएका १० जनालाई अवार्डबाट सम्मान गरेको थियो ।

कार्यक्रममा नेपाली राजदूतावास अवुधावी का काउन्सिलर  उपनियोग प्रमुख रन्जिता दाहाल, नेपाली राजदूतावास अवुधावी का तृतीय सचिव विकास भट्टराई लगायत दुबईमा रहेका विभिन्न नेपाली संस्थाका प्रतिनिधिको सहभागी रहेको थियो ।