काठमाडौं – राप्रपा नेपालका केन्द्रीय सदस्य अमर केसीले जनसम्प्रभुताको शासन आजको आवश्यकता रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनसम्प्रभुताको माध्यमबाट जन प्रजातान्त्रिक राज्य, जन लोककल्याणकारी राज्य सम्भव रहेको तर्क गरे ।
जनसम्प्रभुता जनताको शासन भएको हुँदा जनताको हक अधिकार र विकासमा छिटो फड्को मार्ने सक्ने उनको भनाई छ ।
मुलुकले विभिन्न कालखण्डमा विभिन्न व्यवस्थाको अभ्यास गर्दा समेत जनता र देशको विकास र समृद्धि नभएको केसीले बताए ।
नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था हुनुपर्ने भन्दै उनले यसैबाट शासन व्यवस्था मजबुत बनाउन सकिने बताए ।