काठमाडौं । ब्राजिलियन स्टार खेलाडी नेयमार औपचारिक रुपमा साउदी अरबको फुटबल क्लब अल हिलालमा अनुबन्ध भएका छन् ।
अल हिलालसँग नेयमारले दुई वर्षका लागि सम्झौता गरेका छन् । सम्झौता अनुसार उनले बार्षिक ३ सय मिलियन डलर प्राप्त गर्ने छन् । यो सर्वाधिक रकमको सम्झौतासमेत हो । बार्सीलोनाबाट २०१७ मा पीएसजीमा आउँदा नेयमारले २ सय मिलियन पाउन्डमा सम्झौता गरेका थिए ।
त्यतिबेलाको त्यो सर्वाधिक महँगो सम्झौता रहेको थियो । साउदी प्रो लिगमा अल हिलालले पहिलो खेल खेलिसकेको छ । उसले जित समेत हात पारेको छ ।