पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लास्थित कट्टरपन्थी राजनितिक तथा मुस्लिम नेताका समर्थकहरूको प्रदर्शनमा शक्तिशाली बम विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ । विस्फोटमा २ सय जनाभन्दा धेरै घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा आयोजित सम्मेलनमा आइतबार साँझ बम विस्फोट भएको हो । विस्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ ।
कार्यवाहक सञ्चारमन्त्री फिरोज शाह जमालले घटनाको पुष्टी गर्नुका साथै बजौर र छिमेकी क्षेत्रका अस्पतालहरूमा उच्च सतर्कता अपनाइएको बताएका छन् । साथै गम्भीर घाइतेहरूलाई पेशावर र अन्य अस्पतालमा लगिएको पनि उनले बताए ।
बजौर जिल्लाका स्वास्थ्य अधिकृत पैसल कमालले विस्फोटमा घाइते भएका १ सय ५० जनालाई बजौर जिल्ला सदरमुकामका अस्पतालमा उपचार गरिएको बताएका छन् । गम्भीर घाइतेहरूलाई हेलीकोप्टरमार्फत् पेशावरस्थित लेडी रिडिङ हस्पिटलमा लगिएको छ ।