बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका-२ को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले बताएकाे छ ।
पहिराेमा पुरिएर तीन जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । उनीहरूलाई उद्धार गरेर अस्पताल लैजाने तयारी भइरहेको छ ।