Aafno Khabar
add khanepani

मानिस ठूलो माडले हुन्छ, हुँदैन जाँडले

  • संकेत कोइराला
  • June 24, 2023 प्रकाशित

एउटा अमेरिकी र एउटा जापानी जुत्ताका एजेन्ट एउटै जहाज चढेर अफ्रिका गएछन । जहाजबाट उनीहरुसंगै उत्रिए । एउटै होटलमा बसे । अमेरिकी कम्पनीका एजेन्टले आफ्नो कम्पनीमा फोन गरेर भन्यो– ‘यहाँ सबै नाङ्गो हिँड्दा रहेछन । कसैको ल्याकत रहेनछ जुत्ता किन्ने ।

व्यावसायिक भविष्य नभएकाले म फिर्ता आउँदैछु ।’ यति भन्दै ऊ तत्काल घर फर्कियो । तर जापानी कम्पनीको एजेन्टले भने जुत्ता व्यापारको सतप्रतिशत लक्षण देखेर एक लाख जोर जुत्ता तत्काल अर्डर ग¥यो । हेर्नुस त एउटाले बजार पायो, एउटाले गुमायो ।

जो मानिस स्वर्ग जाने नाममा हुटहुटिएको हुन्छ, उसैले पृथ्वीलाई बिगारेको हो । हिंड्ने गोरुकै पुच्छर निमोठिन्छ । लच्केको हाँगालाई थप लच्काउँछ मान्छे । जंगलमा सुरिलो र सीधा रुख नै काटिन्छ । अरु त अरु तपाईंका ईन्द्रिय नै स्वार्थी छन् । अन्धकार भएपछि आँखैले धोका दिन्छ, देखिदैन ।

खानामा हैन, जीब्रोमा स्वाद हुनुपर्छ । आनन्द दृश्यले हैन, मनले ग्रहण गर्नुपर्छ । सृष्टिको नियम उहिले जे थियो, अहिले पनि त्यही छ । चराहरु उडिरहेकै छन् । बादलहरु विभिन्न आकृतिमा विभाजित भइरहेका छन् । आँखाको सीमानाभन्दा पर विशाल मैदानहरु छन् । त्यहीँ नजिक उठेका पहाड छन् ।

दिन ढलेपछि छायाँले छोड्छ । जीवन एउटा वाक्य, जवानी डिक, बुढ्यौली कमा, अनि मृत्यु फूलस्टप हो । झूटले सत्यलाई दुख दिन त सक्छ तर परास्त गर्न सक्दैन । केराको पातजस्तो सपाट जीवन कसैको हुन्न ।

प्रकृतिको अघोषित नियम हो, हाँसेर गरेको पापको सजाय रोएर भोग्नुपर्छ । जसरी हातले बाँधेको गाँठो दाँतले टोकेर फुकाउनुपर्छ । जो मानिस आफ्नो अवगुण र अरुको गुण देख्छ, उ महान हुन्छ ।

मन परेको त्यही मान्छे आँखामा हाले पनि बिझाउँदैन, तर मन नपरेको मान्छे एक कोश परबाटै एलर्जी हुन्छ । मान्छे त मान्छे नै भयो, एकैदिन जन्मिएका काँडा र फूलले पाउने व्यवहारको अन्तर कस्तो हुन्छ ? संसार आफैंमा सुन्दर छैन, तर त्यसलाई हेर्ने आँखा सुन्दर हुनुपर्छ ।

खानामा हैन, जीब्रोमा स्वाद हुनुपर्छ । आनन्द दृश्यले हैन, मनले ग्रहण गर्नुपर्छ । सृष्टिको नियम उहिले जे थियो, अहिले पनि त्यही छ । चराहरु उडिरहेकै छन् । बादलहरु विभिन्न आकृतिमा विभाजित भइरहेका छन् । आँखाको सीमानाभन्दा पर विशाल मैदानहरु छन् । त्यहीँ नजिक उठेका पहाड छन् ।

अझ पहाडलाई उछिनेर उठेका स्निग्ध ध्यानमग्न ऋषि महर्षि बसेझैँ हिमालयहरु छन् । रात खुम्चिदै उज्यालो टेक्न पुग्छ । प्रत्येक दिन विहान, दिउँसो, साँझका नाममा बालक, युवा र वृद्धको नियति झै खुम्चिन र फक्रिन्छ । दिउँसोको स्निग्ध आकास होस् या रातमा आफ्नो वरिपरि तारा जडेर चन्द्रमाको दुधिलो उज्यालोमा आफूलाई आकर्षक बनाउने आकास होस, ती सवै शोभायमान छन् ।

आशावादीहरुका लागि संसार सुन्दर छ । उसको आँखा शिल्पी बनेर उघ्रिन्छ । महात्मा बनेर चिम्लिन्छ । यो धरा सधैं नूतन, सनातन, अजर र अमर छ । प्रकृतिको यही इन्द्रेणीमा साहित्य, संगीत र कलाका मुनाहरु पलाइरहन्छन् । यही इन्द्रेणी हो कविता निरन्तर सिर्जना भइरहेछ । यही इन्द्रेणी हो संगीत निरन्तर बजिरहेछ ।

सृष्टिको रहस्य र सम्पूर्ण सौन्दर्य चारैतिर समेटेर मानिसलाई कति तरंग र भावनाका फूलहरु बर्साइरहेका छन् । जति हे¥यो, उति हेरिरहूँ लाग्ने भावुकताको मातले छोएर संवेदनाको तरलतासम्म पुग्ने यस्ता क्षणहरु, सौन्दर्यकृत प्रकृतिका उपहारहरु त्यसै त्यसै नष्ट भइरहेका छन् । ऋतु ऋतुमा हुने परिवर्तन र त्यस परिवर्तनबाट मानिसभित्र छाउने उर्जा प्रकृतिको अजस्र धारा हो । शिशिरको पतझड, बसन्तको पालुवा, वर्षादको झम्झम् र शरद्को स्निग्धता कुनै संगीतको कुनै सुरभन्दा कम छैन् । प्रकृतिका यी रस पिउनेको जीवनमा सधैं नविन अनुभूतिको आलोक खुलिरहन्छ ।

आशावादीहरुका लागि संसार सुन्दर छ । उसको आँखा शिल्पी बनेर उघ्रिन्छ । महात्मा बनेर चिम्लिन्छ । यो धरा सधैं नूतन, सनातन, अजर र अमर छ । प्रकृतिको यही इन्द्रेणीमा साहित्य, संगीत र कलाका मुनाहरु पलाइरहन्छन् । यही इन्द्रेणी हो कविता निरन्तर सिर्जना भइरहेछ । यही इन्द्रेणी हो संगीत निरन्तर बजिरहेछ ।

यो कल्पनाको इन्द्रेणी, यो भावनाको इन्द्रेणी र संवेदनाको इन्द्रेणी जुन सधैं सुन्दर र रहस्यमयी छ । यो अनन्त इन्द्रेणी रहेसम्म कविता लेखिइरहन्छ, संगीत बजिरहन्छ र सम्पूर्ण कलाहरु रचना भइरहन्छन् । कविताको आनन्द लिन पनि आफूसंग केही कविता हुनैपर्छ । संगीतको धून सुन्न आफूभित्र तरंग हुनैपर्छ ।

सात समुद्र पारीबाट आएका पर्यटकहरुले सौन्दर्यले अभिभूत भई पाटनको कृष्ण मन्दिरमा आँखा टाँस्छन् र सम्झनाका सयौं सेल्फी उतार्छन । त्यही मन्दिरको पेटीमा बसेका हामी चाहीँ बाचाल बनेर भूइँ खोस्रिदै खाडीको सपना देख्छौं । सौन्दर्य पिउन आफूभित्र सौन्दर्य हुनुपर्छ ।

यन्त्रणाबाट आफू नियन्त्रित आजको मान्छे आफ निस्सासिएको छ । यत्रो पृथ्वीमा आउने अवसर पाएको मान्छे यति ठूलो पृथ्वीको विचित्रता र अनन्तता हेर्न त परै जाओस्, अब आफ्नै घर आँगनमा फुल्ने र सयपत्रीको सौन्दर्यलाई पनि उ आफूमा आत्मसात् गर्ने संवेदना हराउँदै बाँचेको छ । हामीलाई राजनीतिमा बाँडिदै फुर्सद छैन ।

हामीलाई साम्प्रदायिकतामा विभाजित हुँदै फुर्सद छैन् । हामीलाई आफ्नै स्वार्थ, महत्वाकांक्षा र भौतिक लिप्सामै निरन्तर टाँसिदैमा फुर्सद छैन् । हो, मान्छे अब बाघ भालुबाट हैन, मान्छेबाटै आक्रान्त छ । भोक लाग्दैन, भोजनमा स्वाद छैन । तिर्खा लाग्दैन, पानीमा धीत छैन । निद्रामा निद छैन, कल्पनाहीन, भावनाहीन मान्छे बाँचेको छ ।

राम्रो विचारले कालान्तरमा राम्रै कर्मको जन्म दिन्छ । त्यागको दम्भ धनको अभिमानभन्दा बढी खतरनाक हुन्छ । गौतम बुद्ध मूर्ति पूजाका विरोधी थिए । तर कालान्तरमा विश्वभर लाखौं उनैका मूर्ति बनाइए । भगवान खोज्न हिँडेकाहरु आफैं भगवान भए तर उनीहरुले भगवान भेटेनन ।

मानिस र जनावरमा के फरक छ ? जनावर त्यही खान्छ प्रकृतिले उसका लागि जे बनाइदिएको छ । तर मानिस त्यो पनि खान्छ, जुन प्रकृतिले उसका लागि नबनाएको होस् । कन्जुसलाई दानी मन पर्दैन । लोभीलाई माग्नेसंग घृणा हुन्छ । रुपवानलाई प्रौढता रुचि हुँदैन । गरिबलाई धनी मन पर्दैन ।

जसको मन शोकबाट ब्याकुल छ , उसलाई केही मन पर्दैन । ज्ञानीहरुले क्रोध खुर्सानी, अहंकार तेल, लोभ मिठाई, स्वार्थ घिउ र धोकालाई पापडसंग तुलना गरेका छन् ।

उच्च आसनमा बस्दैमा मानिस महान हुँदैन । उ महान त गुणबाट हुन्छ । विज्ञान राम्रो सडक, पुल बनाउन सक्छ । राम्रो रकेट, कम्प्युटर बनाउन सक्छ । तर मान्छे बनाउन सक्दैन । विज्ञानले नैतिकता, प्रेम, सद्भाव र सहानुभूति प्रदान गर्न सक्दैन ।

नीति भन्छ – ‘अन्यायपूर्वक आर्जन गरेको धनबाट महान फल दिने ठूला ठूला यज्ञ गर्नाले त्यति धर्म हुदैन, जति न्यायोपार्जित थोरै भएपनि श्रद्धापूर्वक दान दिनाले हुन्छ न्यायपूर्वक उपार्जन गरेको धनबाट जीवन निर्वाह गर्ने तथा दानको महत्व थाहा पाउने व्यक्तिले तपस्याबाट स्वर्गलोक प्राप्त गर्दछ ।’

शिक्षा स्कुलमा पाइन्छ तर परिवारबाट पाइने असल दीक्षा त झन् त्यो क्रेडिट कार्ड हो, जसले सत्कर्मका लागि सधैं दीयोमा तेल थप्ने काम गरिरहन्छ । बुवाले देखाएको बाटो र आमाले दिएको ज्ञान कहिल्यै गलत हुँदैन । त्यसैले त भनिएको हो– आमाले रिसमा दिएको श्राप र शत्रुले मायामा दिएको आशिर्वचन कहिल्यै लाग्दैन किनकी त्यो सत्य मनले दिएको हुँदैन ।

उत्तम मानिस आफ्नै, मध्यम मानिस बाउ, नीच मानिस मामा र सबैभन्दा अधम मानिस ससुराको नामबाट चिनिन चाहन्छ । जतिसुकै प्रयास गरेपनि बलशाली कमजोर बनाएर कुनै कमजोरलाई शक्तिशाली बनाउन सकिन्न । दोस्रोको निन्दा गरेर आफ्नो इज्जत बढ्दैन ।

शिक्षा स्कलमा पाइन्छ तर परिवारबाट पाइने असल दीक्षा त झन् त्यो क्रेडिट कार्ड हो, जसले सत्कर्मका लागि सधैं दीयोमा तेल थप्ने काम गरिरहन्छ । बुवाले देखाएको बाटो र आमाले दिएको ज्ञान कहिल्यै गलत हुँदैन । त्यसैले त भनिएको हो– आमाले रिसमा दिएको श्राप र शत्रुले मायामा दिएको आशिर्वचन कहिल्यै लाग्दैन किनकी त्यो सत्य मनले दिएको हुँदैन ।

न त परिश्रम गर्नेलाई आरामको पाठ पढाएर खुसीको सञ्चार गराउन सकिन्छ । समग्रमा जीवन असन्तोष हो, जो संग जे छ त्यसले हुँदैन पुग्दैन, जे हुँदैन त्यो चाहिन्छ । नभई हुँदैन । जे छ, जे छैन त्यसैको सन्तुलन मिलाउनु र रमाउनु सुख हो । सन्तोष पनि त्यही हो । मलाई कसैले माया गर्छ भन्ने विश्वास नै त सुख हो । डाढ गरेर हुन्छ र, रक्सी बेच्ने सानसाथ गद्दीमा बस्छ तर दूध बेच्ने गल्लीगल्ली चाहार्नुपर्छ ।

नीति भन्छ– जो जान्दैन र जान्दिन भन्ने पनि जान्दैन, उ मूर्ख हो उसलाई छुट्याउ, जो जान्दछ तर जान्दछु भन्ने जान्दैन, उ सुषुप्त हो, उसलाई ब्युँझाउ । जो जान्दैन तर जान्दिन भन्ने जान्दछ, उ साधारण हो उसलाई सिकाउ र जो जान्दछ र जान्दछु भन्ने पनि जान्दछ , उ विद्वान हो उसलाई पछ्याउ ।

आजको मानिस चित्रको पूजा धेरै र चरित्रको कम गर्दछ । मानिसले चित्रका नभएर चरित्रको पूजा गर्नुपर्छ । जुन दिन तपाईं चरित्र र चित्रको भेद खुट्याउन सफल हुनुहुनेछ , मान्नुस तपाईं आत्मज्ञानी हुनुभयो । अध्यात्म शास्त्रमा हैन भावमा हुन्छ । लाटोलाई पनि चिनीको स्वाद थाहा हुन्छ ।