Aafno Khabar
add khanepani

बलर नचलेको खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

  • आफ्नो खबर
  • June 18, 2023 प्रकाशित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको छ ।

हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो । २ सय ९१ रनको लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टयो ।

तेस्रो विकेटका लागि कप्तान इर्विन र सेन विलियम्सले १ सय ६४ रनको अविजित साझेदारी गरेपछि नेपालविरुद्ध सानदार जित निकालेको हो । विस्फोटक ब्याटिङ गरेका जिम्बाब्वेका कप्तान क्रेग इर्विनले १ सय २१ रनकोे अविजित पारी खेले । सेन विलियम्स १०२ रनमा नटआउट रहे ।

नेपालले पहिलो इनिङ्समा उत्कृष्ट प्रर्दशन गरेपनि जिम्बाब्वेका ब्याटरसामु नेपाली बलर निहिर बने ।
त्यसअघि पहिलो विकेटका लागि कुशल र आसिफले ३१ दशमलब ५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए ।

यो नेपालबाट ओडिआई क्रिकेटमा भएको उच्च साझेदारी हो । कुशलले ९५ बलमा १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए । शेखले १ सय बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाए । कुशल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध पहिलो शतक बनाउन मात्र १ रनले चुके ।

तेस्रो विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ७२ रनको महत्वपुर्ण साझेदारी गरे । कप्तान पौडेल ३१ रन बनाउदै आउट हुँदा मल्ले ४१ रन बनाए ।

गुलसन झाले १३ रन बनाउँदा आरिफ शेख १० रन बनाएर आउट भए । जिम्बावेका लागि रिचार्ड नगर्भाले ४ र विलिङ्टन मासाकाट्जाले २ विकेट लिए । ब्लेसिङ्ग मुजवानी र टेन्डी चताराले समान १/१ विकेट आफ्नो नाम गरे । नेपालका सोमपाल कामी र गुलसन झाले समान १–१ विकेट लिए ।