अलेक्जेण्डर महान विश्व विजय गर्दै भारत वर्ष पुगेका थिए । भारतबाट फर्कन लाग्दा चिनोका रुपमा एकजना ज्ञानी सन्त लैजाने विचार गरेर आफ्ना सैनिकलाई सन्त खोज्न निर्देशन दिए । सन्त खोज्दै सैनिक डण्डामिसको झुपडी पुगे । उनीहरुले कडिकडाउपूर्वक सम्राटले बोलाएको बताए ।
डण्डामिस त्यसबेलाका ठूला ज्ञानी सन्त थिए । उनलाई कुनै कुराको लोभ, मोह थिएन । सिकन्दरको नाम सुन्नासाथ थर्कमान हुने त्यो समयमा उनले प्रस्ताव सीधै इन्कार गरिदिए । सैनिकले अथक प्रयास गर्दा पनि उनी टसमस भएनन ।
सारा प्रयास विफल भएपछि स्वयं सिकन्दरका लागि प्रतिष्ठाको सवाल बन्यो । उनी स्वयं कुटी पुगेर रवाफपूर्वक भन्न थाले– ‘म आधा राज्यको सम्राट हुँ । मसंग हिँड्नुस् ।’ कति पनि नहिच्किचाई डण्डामिसले जवाफ फर्काए– ‘सम्राट रे, हेर्दा त भिखारी जस्तो देखिनु हुन्छ ।’ सन्तको अकल्पनीय तेजोवधयुक्त वाणीबाट रन्थनिएका सम्राट भन्छन्– ‘म कसरी भिखारी भएँ प्रमाणित गरेर देखाउनुस् ।’
समय बद्लिएपछि मान्यता स्वतः बद्लिन्छ । हामीले शिक्षक फेर्न जान्यौं, कोर्स फेर्न जानेनौं । पोहोरको बसन्त ऋतुमा पनि मौरीले फूलको रस नै बटुलेको थियो । झिंगा फोहोरमै घुमेको हो । गाईको पेटमा घाँस नै आहारा परेको थियो । काँडाले फूलमाथि हस्तक्षेप गरेको कसैलाई थाहा छैन ।
सन्त मन्द मुस्काउँदै भन्छन– ‘सोच्नुस तपाईं र म मरुभूमिमा हरायौं । तपाईंको सैन्यदस्ताले बाटो विरायो । कयौं दिनसम्म खान पाइएन । पानी समेत दुर्लभ हुँदै गयो । त्यस्तो अवस्था जहाँ अर्को एक घण्टा पानी पिउन पाउनु भएन भने तपाईंको अन्त्य हुँदैछ । पानी पानी भन्दै तड्पिनु भएको छ । त्यो खराव स्थितिमा मैले एक लोटा पानी लिएर दिएँ भने त्यसको बद्लामा मलाई के दिनुहुन्छ ?’
सिकन्दरले सोच मग्न भएर जवाफ दिए– ‘म सम्राट हुँ । जे पनि दिन सक्छु । तर त्यहाँ एक लोटा पानी भनेको पानी नभएर जिन्दगी थियो ।’ उनले हाँस्दै भने– ‘म आधी राज्य दिन्छु ।’ ’समय घर्किदो छ । अब तपाईंसंग मात्र आधा घण्टा जीवन बाँकी छ । मैले आधी राज्यले पानी दिन इन्कार गरें भने त्यसको बद्लामा के दिनुहुन्छ ?’ सन्त थप आक्रामक बन्दै सोध्छन् ।
सोचेर सम्हालिदै सम्राटले जवाफ फर्काए– ‘मेरो जीवन बराबर राज्य हुन सक्दैन । त्यसैले एक लोटा पानीका लागि मेरो जीवनभर कमाएको सारा राज्य कबोल गर्छु ।’ विजयभावमा सन्त बोले– ‘महाराज मैले अघि नै भनेको होइन, तपाईं भिखारी हुनुहुन्छ ।
आखिर जीवनभर कमाएको सम्पत्ति एक लोटा पानी प्रमाणित भएन र ?’ राजाहरुका राजा सिकन्दर अनायास एउटा सन्तको खुट्टा समाउन पुगे । त्यही घट्नाको प्रभाव उनले उर्दी लगाए– ‘मेरो मृत्युपछि मेरा दुवै हात कात्रो बाहिर निकालिदिनु । विश्वले थाहा पाओस, सम्पूर्ण संसार जितेर पनि मर्दा सम्राट सिकन्दर खाली हात जाँदैछ ।’
समय बद्लिएपछि मान्यता स्वतः बद्लिन्छ । हामीले शिक्षक फेर्न जान्यौं, कोर्स फेर्न जानेनौं । पोहोरको बसन्त ऋतुमा पनि मौरीले फूलको रस नै बटुलेको थियो । झिंगा फोहोरमै घुमेको हो । गाईको पेटमा घाँस नै आहारा परेको थियो । काँडाले फूलमाथि हस्तक्षेप गरेको कसैलाई थाहा छैन ।
बाघले आहारामा मृग छोडेको छैन । विरालाको नजरमा मूसामा नै परिरहेको छ । जस्तोसुकै परिस्थितिमा पनि पानीले छिट्टै आकार बनाउने आफ्नो शिल्पी छोडेको छैन । झरी असार साउनमै बर्सिने हो । ठिहीको सामथ्र्य पुस, माघमै देखिने हो ।
यी सबै देख्दादेख्दै हामी भन्छौं– समय बद्लियो । अहँ, बदलिएको समय हैन, हामी हो । समय बेइमान हुन्न, फितलो त हामीले लिएको संकल्प हो । विश्वका झण्डै आठ अरब मानिसका लागि घडीले बजाउने त्यही चौबीस घण्टा त हो । मिलको फित्ताजस्तो एउटै गति र एकै ठाउँ घुमेका हामी दम्भ गर्दै भनिदिन्छौं– मैले संसार फन्को लगाएको छु ।
विश्वास ऐनाजस्तै हो । नफुटेसम्म सबैथोक राम्रोसंग देखिन्छ, फुटेपछि छरिएका टुक्राहरुको त्रास जिन्दगीभर बिझाइरहन्छ । चेपाङ, कुसुन्डा, दनुवारको समस्याले मुलुक थला परेकोे होइन । न्यायालयमा जानुस् ९० प्रतिशत मुद्दा जग्गासंग सम्बन्धित छ । नजानेको, नबुझेको, नपढेको वर्गले मुद्दामामिलाको व्याकरण नै बुझ्दैन । सडक दुर्घटनामा पढेका मानिस नै अधिक दुर्घटनामा परेको देखिन्छ । समस्या कोट टाई, दौरा सुरुवाल लगाउनेहरुको दृष्टिकोणमा छ ।
हामीलाई हाम्रा बाउ बाजेको अनुभव सुन्ने फुर्सद भएन । सन्तानलाई डाक्टर, इन्जिनीयर पाइलट बनाउनमा सोख राख्यौं । एउटा प्रतिनिधि पात्र यस्तो जन्मिएन, जसले भनोस– म आफ्नो बाउ जस्तो बन्छु । समस्या यहीँ छ । समय वित्नका लागि मात्र वित्दैन । यो नयाँ कामको लागि प्रेरक पनि हो ।
नागरिकता विना पनि मानिसको आफ्नै अलग परिचय हुन्छ । कागजी पढाई विना पनि ज्ञानका अजस्र स्रोत भेटिन्छन् । माटो र बाटोको जस्तो शक्तिशाली सिकाइ अरुको के हुन्थ्यो र ? स्कुल, कलेजले दिने कागज त फि तिरेको प्रमाण मात्र हो । बाहिरी आँखाले देखेको भन्दा अन्तरचक्षुले देखेको दृश्य कन्चन हुन्छ ।
बाहिरी आँखाले रंग खुट्याउँछ, भित्री आँखाले गुण दोष । भनिन्छ, संसारमा तीन किसिमका मानिस हुन्छन् । एकथरि जीवनलाई सराप्छन् । अर्कोथरि आशिर्वाद दिन्छन् । तेस्रोथरि जीवनबारे चिन्तन मनन गर्छन् ।
विश्वास ऐनाजस्तै हो । नफुटेसम्म सबैथोक राम्रोसंग देखिन्छ, फुटेपछि छरिएका टुक्राहरुको त्रास जिन्दगीभर बिझाइरहन्छ । चेपाङ, कुसुन्डा, दनुवारको समस्याले मुलुक थला परेकोे होइन । न्यायालयमा जानुस् ९० प्रतिशत मुद्दा जग्गासंग सम्बन्धित छ । नजानेको, नबुझेको, नपढेको वर्गले मुद्दामामिलाको व्याकरण नै बुझ्दैन । सडक दुर्घटनामा पढेका मानिस नै अधिक दुर्घटनामा परेको देखिन्छ । समस्या कोट टाई, दौरा सुरुवाल लगाउनेहरुको दृष्टिकोणमा छ ।
अहिले त झन् राजनीतिलाई राजनीति गर्ने भन्दा गैरराजनीतिक प्राणीबाट जोगाउनुपर्ने चुनौती छ । कपाल काट्ने हजाम, पशुपतिको विगुत बोक्ने पुजारी, दूध बोक्ने ग्वाला, पत्रिका ल्याउने हकर, पूmल गोड्ने माली, सुरक्षाका लागि खटाइएको अंगरक्षक यस्तै अनपेक्षित पात्रबाट राजनीतिका असामान्य खेलकुद हुन थालेका छन् । नेताको अनुहारभित्र दलाल र भरियाको चरित्र हावी छ ।
राजनीतिको मूल केन्द्रमा अहिलेका पात्र छन् । खै यिनीहरुले आफ्नै शरीरको उपचारका लागि एउटा विश्वासिलो अस्पताल बनाउन सके ? आफ्नै सन्तान पढाउने भरलाग्दो शैक्षिक स्थल बनाउन के ले रोक्यो ? आफूले जन्माएको सन्तानले खोलेफाँडो जुटाउन जागिर खाने ठाउँ भेटिएन । हुँदाहुँदा तपाईंको सन्तान मन बुझेर बस्ने एउटा शहर छैन । नातिनातिना भुल्ने पार्क छैन । जीवनको झण्डै आठ दशक ठगी राजनीतिमा विताएका नेताहरुले नयाँ नेपाल बनाइ देलान भन्ने सोच राख्ने हामीहरु नै हो । यिनीहरुलाई पछ्याउने भाट हुन ।
०७ सालमा रानीको उपचारमा खटिएकी नर्स एरिगा ल्यूस्टागले समेत राजाको दूत भएर राजनीतिक परिवर्तनमा साथ दिएकी थिइन । राजा त्रिभुवनले नर्ससंग निरीह हुँदै भनेका थिए– ‘म नाम मात्रको राजा हुँ । यहाँ राणा परिवारले शासन गर्छ । प्रधानमन्त्री नै राजा हुन । म कैदी हुँ । ताला मारिएको पाँच पाँच ढोकाबाट म थुनिएको छु ।’ राजा त्रिभुवनले तिनै नर्सको माध्यमबाट राणालाई सर्प, राजदूतलाई चरा र चिट्ठीलाई फूलको कुट भाषा प्रयोग गरी खबर आदान प्रदान गरेका थिए ।
जीवनको उत्तराद्र्धमा हरिभक्त कटवाल भन्थे– ‘फूलको थुँगोजस्तो मनपर्ने मेरो बैंस थियो । शहरभरि धेरै उदास अनुहारहरुमा हाँसो उमार्न खोज्दाखोज्दै त्यो बैंस कहिले कहाँ र कसरी गुमाएँ आपैंmलाई थाहा छैन । अब मैले आपैंmसंग छ भने पनि कोही पत्याउन चाहँदैन ।’ जुनसुकै मानिसलाई पनि जिन्दगीमा अवसरले एकपटक छोप्छ । त्यो भेललाई कसरी उपयोग गर्ने उसको प्रारब्ध हो ।
नारायणगोपाल तबलाबादक थिए । कसैले उनको बादनमा हैन, गायनमा जादु छ भनिदिएपछि उनी गायक भए । राजनीति गर्नेहरुले तीनपटक सोच्नुपर्छ– ‘सलामी बढाउने कि मलामी ?’ खादा, अविर, बधाई, अभिनन्दन, मायाको चिनो हाम्रो सन्दर्भमा यस्ता अलमल हुन, जसले थाहै नपाई हरिभक्तको बैंस समयले खाएजस्तै नेताको औकात सिध्याइदिन्छन् ।
नक्कली भूटानी शरणार्थी प्रकरण त एउटा अध्याय हो । यदि विवेकपूर्ण र एकलव्य अठोट लिने हो भने प्रचण्डका लागि इतिहास बनाउने ‘हटकेक’ हो । सिंगापुर र मलशियाको समृद्धिका पिता लिक्वान, मलेशियाका महाथिर मोहम्मद बन्ने मौका प्रचण्डलाई छ । यसलाई छक्का या चौका कुन विकेट बनाउने निधो गर्न जरुरी छ ।
रुसजस्तो मुलुकमा लेनिनको सालिक मिल्काएर अब्राहम लिंकनको सालिक स्थापना गरियो । इराकमा सद्दाम हुसेनको सालिक बनाएका शिल्पीहरुले आफ्नै पसिना विरुद्ध जेहाद छेडे । भ्रमको आयु एकदम छोटो हुन्छ । प्रख्यात रुसी संस्कृतिविद् भासिली क्लिउचेस्की भन्छन्– ‘इतिहास आफैंले केही सिकाउँदैन । बरु आफूबाट केही नसिक्नेलाई दण्ड दिन्छ ।’ केही वर्षअघि ‘शेरबहादुर’ नामको फिलिम हलमा लाग्यो ।
त्यो फिलिमसंग देउवासंग तीन न ते¥ह कुनै साइनो थिएन । बजारमा देउवाको चरम आलोचना भइरहँदा लागेको त्यो सिनेमा शेरबहादुर नाम भएकै कारण पानी पिउन पाएन भन्ने समीक्षकहरुको ठम्याइ रह्यो । हाम्रो समाजमा राजनीतिको सामथ्र्य यसले पुष्टि गर्छ ।
नक्कली भूटानी शरणार्थी प्रकरण त एउटा अध्याय हो । यदि विवेकपूर्ण र एकलव्य अठोट लिने हो भने प्रचण्डका लागि इतिहास बनाउने ‘हटकेक’ हो । सिंगापुर र मलशियाको समृद्धिका पिता लिक्वान, मलेशियाका महाथिर मोहम्मद बन्ने मौका प्रचण्डलाई छ । यसलाई छक्का या चौका कुन विकेट बनाउने निधो गर्न जरुरी छ ।
एक समय थियो– ईटलीको मिलान शहरमा मुसोलिनीको साधारणभन्दा साधारण कार्यक्रममा लाखौंको भीड जुट्थ्यो । मुसोलिनी जता जान्थे, भीड त्यतै लाग्थ्यो । मानौं, उठ भने उठ, बस भने बस जस्तै । लाखौं युवाहरु सडकमा उत्रिएर ‘ड्यूचे ! ड्यूचे ! ! ड्यूचे ! ! !’ नारा लगाउँथे । मुसोलिनी त्यतिबेला ईश्वरको अवतार मानिन्थे । पाँच वर्षपछि मर्न तयार लाखौंको भीड मुसोलिनी विरुद्ध यसरी उत्रियो कि उनी र प्रेमिकालाई बीच सडकमा उल्टो झुण्ड्याएर लाखौं लाखले थुके ।
पूजा हुने मानिसको नभएर कीर्तिको हो । यी सवैको निष्कर्ष दुईचार दर्जन धुपौरे अगाडि पछाडि राखेर भगवान भएको भ्रममा परियो भने अरुलाई खेदेको दिनले जो कसैलाई खेद्छ । सुत्नुअघि दिनमा एकपटक पूर्वराजा ज्ञानेन्द्रको अनुहार सम्झिनुस् । इतिहास बनाउन लालायितहरुले सधैं याद राखून– साँझमा बालिएको दीयो हावाले मात्र निभ्दैन, तेल सकिएर पनि निभ्छ ।