अमेरिकामा पहिलो क्षेत्रिय नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ । २६ मे बाट सुरु हुने सम्मेलन २८ मे सम्म चल्नेछ । सम्मेलनमा अमेरिका, क्यानडा, क्यारेबियन, मध्य अमेरिका र दक्षिण अमेरिकामा स्वास्थ्यको क्षेत्रमा काम गर्ने नेपालीहरुको सहभागिता रहने छ ।
हाल सो क्षेत्रमा २५ सय भन्दा धेरै डाक्टर र ५५ सय भन्दा धेरै नर्सहरु रहेको बताइन्छ । सो सम्मेलनमा नेपालको तर्फबाट डाक्टर अरुन शाहीले सहभागिता जनाउनुहुनेछ ।
शाहीले सम्मेलनका् विभिन्न सत्रमा सहभागिता जवनाउँदै नेपालले स्वास्थ्य क्षेत्रमा सामना गरिरहेका विभिन्न चुनौती र त्यसको समाधानका लागि गर्न सकिने पहलका विषयमा पनि छलफल गर्नुहुनेछ ।
सम्मेलनले स्वास्थ्य क्षेत्रका समस्या र सुधारका लागि गर्न सकिने सहयोगका विषयमा पनि छलफल गर्ने बताइएको छ ।