Aafno Khabar
add khanepani

खराव मानिसका असल एजेण्डा

  • संकेत कोइराला
  • April 29, 2023 प्रकाशित

एउटा शान्त कोठामा चारवटा मैनबत्ती बलिरहेका थिए । पहिलोले दुखी हुँदै भन्यो– ‘म शान्ति हुँ, मलाई कसैले निरन्तरता दिन चाहँदैनन । मनले रुचाए पनि मस्तिष्कमा म प्रति सकारात्मक धारणा छैन । यस्तो स्थितिमा मैले बल्नुको कुनै अर्थ छैन ।’

यो सोच्नासाथ ऊ झ्याप्पै अन्धकारमा अनुवाद भयो । दोस्रो बत्ती पहिलोभन्दा कम दुखी थिएन । उसले आफ्नो परिचय दियो–‘म विश्वास हुँ । मलाई अधिकांश मानिस टिकाउन समर्थ हुँदैनन ।

यदि म कसैका लागि रुचिकर हुन्न भने बल्नुको के अर्थ ?’  त्यतिबेलै आएको हावा झोंकाले बत्तीको प्राण लियो । तेस्रो बत्तीको नाम थियो– विश्वास । उसको आफ्नै दुखेसो थियो– ‘मभित्र अब बल्ने तागत नै सकिएको छ । मेरो महत्व मानिस बुझ्न छोडिसकेका छन् । निराशाको कालो बादलले घेरिएको ज्ञानले परिवेश अन्धकार बनाएर तत्काल निभ्ने निर्णय लियो । अँध्यारोको आयतन झन फैलियो ।

एउटा बालक त्यतिबेलै त्यस कोठामा प्रवेश गर्‍यो। उसले देख्यो तीन बत्ती बलिरहेका थिएनन । उसले निभेका तीन बत्तीलाई रुँदै प्रश्न गर्‍यो– ‘तिमीहरुको धर्म बल्ने हुँदाहुँदै किन निभ्ने अप्रिय निर्णय लियौ ?’ बालक दुखी भएको देखेर जलिरहेको बत्तीले ढाड्स दिँदै भन्यो– ‘म आशाको दीप हुँ ।

म बल्दाबल्दै तिमीले चिन्ता लिन जरुरी छैन ।’ यो सुन्नासाथ बालकको अनुहारमा एकाएक चमक आयो । उसले त्यही आशाको दीप हातमा उठाएर शान्ति, विश्वास र ज्ञानलाई पुनर्जीवित तुल्यायो ।
संसारमा सबैथोक सकिए पनि रहने एउटा वस्तुको नाम हो– भविष्य । एउटा सानो बीजबाट शुरु भएको मूलाको जीवन आफैंले भीमकाय खाल्डो बनाउँदै हुर्किन्छ ।

संसारको सर्वाधिक कडा चट्टानको सौन्दर्य नरम पानीभित्र हुन्छ । भीरबाट लडेको ढुंगोले कतै न कतै गएर अडिने ठाउँ पाउँछ । हो, भट्टीदेखि सिंहदरबारसम्म असन्तुष्टि र गुनासाका चाङ लगाए पनि आखिर आमा र छिमेकी फेर्न सम्भव छैन ।

डा. भगवान कोइरालाले मुटुमार्फत जनताको मन जितेका छन् । अनुराधा कोइराला, पुष्पा बस्नेतहरुको सेवाभावले विश्व छेडेको छ । भोजपुरमा त्यो समयमा जन्मिएर आफ्ना तीन सन्तान र छिमेकीलाई ब्याडमिन्टनको अन्तर्राष्ट्रिय खेलाडी बनाउने दानबहादुर तामाङजस्ता एकलव्य पात्र यही समाजमा छन् ।

आँसु र हाँसोका आफ्नै सीमारेखा हुन्छन् । स्वजन गुमाउँदा आँसुको भेलले आफैंलाई मेट्न खोज्नेहरु अन्ततः पीण्डदानमा पुगेर टक्क अडिन बाध्य हुन्छन । मान्छे एक्लो आउँछ, फगतः एक्लै जान्छ ।बाँकी सम्बन्ध बाटोको भेटघाटजस्तै बन्छन् ।

हेर्नुस त आँखाका एकलव्य डा. सन्दुक रुईतले १६ करोड रुपियाँको अन्तर्राष्ट्रिय पुरस्कार जिते । थोरै समयमै क्रिकेटका खेलाडीले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याए । म्यागासेसे पुरस्कार बिजेता डा. महावीर पुनले अध्ययन, अनुसन्धान र आविष्कारमा परेको भ्वाङ टालिरहेका छन् ।

डा. भगवान कोइरालाले मुटुमार्फत जनताको मन जितेका छन् । अनुराधा कोइराला, पुष्पा बस्नेतहरुको सेवाभावले विश्व छेडेको छ । भोजपुरमा त्यो समयमा जन्मिएर आफ्ना तीन सन्तान र छिमेकीलाई ब्याडमिन्टनको अन्तर्राष्ट्रिय खेलाडी बनाउने दानबहादुर तामाङजस्ता एकलव्य पात्र यही समाजमा छन् ।

दुई हजार बेतन थापेर अवकाश लिएकै दिन स्कुलको भवन बनाइदिएर विदा लिने महान आत्मा यही धरामा छन् । आखिर युक्रेनजस्तो स्वर्गको टुक्रो देशका हजारौं जनता मरेका छन् । बाँचेका लाखौं पटक पटक मरेका छन् । अफगानी शासकले मान्छेलाई मान्छेको स्वरुपमा बाँच्न दिएको छैन ।

श्रीलंका, पाकिस्तान असफल राजनीतिक प्रयोगका दृष्टान्त बनेका छन् । म्युजिकल चियरजस्तै देशमा पटक पटक क्रान्ति भए । क्रान्तिपछि दर्जनौं चुनाव भए । सत्ताको दर्जनौं म्याराथन चले । मन्त्री–प्रधानमन्त्री नामका सयौं जागिरे फेरिए । सुशासनको आवाजले पुस्तौनी कान पाकिसके । बाउले भोगेका नेतालाई छोरो पुस्ता मत हाल्न बाध्य छ ।

देशको अर्थतन्त्र ९३ रुपियाँ हालेर अरुको माल किन्दा तीन रुपियाँको माल बेच्ने हुति अझै पलाएको छैन । सय रुपियाँ गोजीमा बोकेर १५ रुपियाँ खर्चिन नसक्ने विकासको दम्भ बाँचेको दशकौं भइसक्यो । भूगोललाई देश नमान्ने हो भने आधा नेपाल विदेशमा छ ।

चारवटा वाणिज्य बैंक धेरै हुने देशमा दर्जनौं बैंक छन् । सहकारी, लघुवित्त, विकास बैंकको हिसाव निकाल्दा घरलौरी हुन्छ । लसुन समेत आयात गर्नुपर्ने देशमा सुनचाँदी, हीरा व्यापार अचम्मलाग्दो छ । एलेन मस्कको टेस्ला, बेन्जकार, टोयटा, हुण्डाई, ल्याण्डक्रुजरदेखि प्राडो, पजेरोका नयाँ नयाँ संस्करण काठमाडौंका सडकमा गुडेका देखिन्छन् ।

राज्यको अनुहार देखिने ऐना मानिने राजनीतिज्ञ, कर्मचारी, न्याय, प्रहरी प्रशासन, राजश्व प्रशासन, विमानस्थल, मिडिया दलालतन्त्रको कब्जामा छ । यसक्षेत्रमा काम गर्ने अधिकांशको मनोविज्ञान सामन्ती छ । यिनीहरुको आम धारणा भरसक कात्रो पनि अनुदानमा पाए हुन्थ्यो भन्ने पाइन्छ ।

कार्यालय समय १०–५ तोकिए पनि त्यो समय र स्थानमा काम नभएको वर्षौं भइसक्यो । खराब पात्रले असल एजेण्डा उठाउँदा चुनाव पनि जाली तमसुकजस्तो हुन थालिसक्यो । देशको जीवनमा दुर्गा प्रसाईं, ज्योति मगर, शर्मिला वाईबा, पुन्य गौतम, भेलु बाजे, मुकुन्देजस्ता पात्रको जति योगदान छ, प्रकारान्तरमा पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली, माधव नेपालको वजन उत्तिक्कै हुने अवस्था निकट बन्दो छ ।

बरु खाडीमा रहेका आधा करोड नेपालीले आफ्ना सन्तानको गाँस काटेर ती पात्रको गाँस, बास, कपासको ठेक्का लिँदै आएका छन् । गाउँमा ढिँडो जोरजाम हुन नसकेर शहर पसेकाहरु एकाएक भूजा ज्यूनार, लन्च र ब्रेकफाष्टका स्वामी भएका छन् ।

शहरमा घरैपिच्छे अस्पताल छन् । काठमाडौं बाहिर झण्डै ५० वटा पाँचतारे होटल खुलेका छन् । शहरमा अनगिन्ती व्यापारिक मल बन्दैछन् । १२ करोड पर्ने स्वीमिङ पुलसहितका भिल्लाहरु बनी नसक्दै हारालुछसंग बिकिरहेका छन् । अपार्टमेन्टको व्यापार उतिक्कै छ ।

चारवटा वाणिज्य बैंक धेरै हुने देशमा दर्जनौं बैंक छन् । सहकारी, लघुवित्त, विकास बैंकको हिसाव निकाल्दा घरलौरी हुन्छ । लसुन समेत आयात गर्नुपर्ने देशमा सुनचाँदी, हीरा व्यापार अचम्मलाग्दो छ । एलेन मस्कको टेस्ला, बेन्जकार, टोयटा, हुण्डाई, ल्याण्डक्रुजरदेखि प्राडो, पजेरोका नयाँ नयाँ संस्करण काठमाडौंका सडकमा गुडेका देखिन्छन् ।

पहिला पहिला नेपाली विदेशबाट कमाएर नेपालमा पैसा पठाउँथे । अहिले नेपालको माटो यस्तो भयो कि काठमाडौंमा घर बेचेको पैसाले अमेरिकामा गाउँ किन्न पुग्न थाल्यो । नेपालमा बाउले कमाएको पैसा हुण्डीमार्फत विदेशमा बसेको सन्तानले कुम्ल्याएर डलरपति हुन थाल्यो ।

आश्चर्य त के छ भने यी सबै बेथिति बाबजुद पनि नेपाल चुईगम जसरी चलेको चलेकै छ । महँगी जति बढेपनि मासुभात खाने नेपालीको संख्या बढेकै छ । सूचना, सञ्चार र सडक यातायातको पहुँचले मीठो खाने, राम्रो लाउने भावनाले एकरुपता पाउँदै गएको छ ।

देशको समथर मानिने झापाको कचनाकेचलदेखि सगरमाथाको चुचुरो, चुरेभावरदेखि खप्तडसम्म तिनै चाउचाउ, कुरकुरे, चुरोट, बिँडी, खैनी, विस्कुट, पानपराग, भोलाका खोल छन् ।

आयातीत वियर, मदिरा र मिनरल वाटरका बोतल छन् । कर्णालीका खच्चडले कोकाकोला, भात पकाउने एलपीजी ग्यास र मदिरा बोक्छन् । हिमालका चौरीको ढाडमा गाडी चढेर आएको काठमाडौंको डीडीसीले उत्पादन गरेको चीज र दूग्धजन्य पदार्थको भारी लादिएको हुन्छ ।

दिउँसो सेतो प्लेटमा कार्यालयमा झुल्किएको न्यायमूर्ति झम्केसाँझ पर्नासाथ सालो चालकलाई रातोतिर नम्बर प्लेट उल्टाएर कारोबार सुल्टाउने तन्मयमा अग्रसर हुन्छ ।  दिनभर ठेकेदार नचिन्ने इन्जिनीयर बेलुका कुम जोडेर सोमरसको साधक बन्छ । महालेखापरीक्षक कार्यालयको लेखापरीक्षक एउटै पाठ्यक्रमबाट लोकसेवा पास गरेर आएको लेखा अधिकृतसंग हिसाव चुस्त दुरुस्त बनाउने नाममा घुसको मोलतोल गर्नुलाई व्यवसायिक धर्म मान्छ ।

काठमाडौंबाहेक देशका अधिकांश जिल्लामा दिउँसो नभई दूध चियाको कारोबार बन्द हुन्छ । खेतबारी बाँझो भएर के भो रु नेपाली जीब्रो झन्झन् तिख्खर बन्दै गएको छ । नेपाल विश्वको एउटा यस्तो देश हो, जहाँका अधिकांस मानिसलाई गफ जोतेर खान पुगेको छ । समृद्ध देशमा एउटा आलुको दानासंग देशको अर्थतन्त्र गाँसिन्छ ।

यहाँ त अहँ, भीमकाय हात्तीको कारोवारमा राज्य निरपेक्ष बस्छ । कर नतिराउने विद्या सिकाउन करकै हाकिम हाजिर हुन्छन् । अपराधी सीमा कटाउने जिम्मा प्रहरीले लिन्छ । मिडिया मालिकको जग्गा कारोबार कम हुनासाथ जग्गाको भाउ अन्तरीक्ष बराबर पुगेको समाचार भँगेरे टाउके अक्षरमा छापिन्छ ।

दिउँसो सेतो प्लेटमा कार्यालयमा झुल्किएको न्यायमूर्ति झम्केसाँझ पर्नासाथ सालो चालकलाई रातोतिर नम्बर प्लेट उल्टाएर कारोबार सुल्टाउने तन्मयमा अग्रसर हुन्छ ।  दिनभर ठेकेदार नचिन्ने इन्जिनीयर बेलुका कुम जोडेर सोमरसको साधक बन्छ । महालेखापरीक्षक कार्यालयको लेखापरीक्षक एउटै पाठ्यक्रमबाट लोकसेवा पास गरेर आएको लेखा अधिकृतसंग हिसाव चुस्त दुरुस्त बनाउने नाममा घुसको मोलतोल गर्नुलाई व्यवसायिक धर्म मान्छ ।

जिल्लामा हाकिमको पनि हाकिम मानिने सीडीओ सरकारले दिएको भान्से र पीएको सुविधा त्यही हातले किर्ते हस्ताक्षर गरेर महिनावारी बुझ्छ ।  नेपालमा गोजीबाट खर्चिने अनौपचारिक अर्थतन्त्रको चलखेल यति डरलाग्दो छ कि त्यसको व्यवस्थापन नासाका वैज्ञानिकबाट पनि सम्भव छैन ।