काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा कतारविरुद्ध नेपालले ब्याटिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
ओमानविरुद्धको खेलमा टिममा रहेका करण केसी आज बाहिरिएका छन् । करणको स्थानमा गुलशन झाले मौका पाएका छन् ।
नेपालको प्लेइङ–११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी