Aafno Khabar
add khanepani

लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त

  • आफ्नो खबर
  • April 27, 2023 प्रकाशित

दाङ । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

८ दलको समर्थनमा चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गनुभएको हो । चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।

यसअघि बनेको एमाले नेतृत्वको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि ढलेको थियो । चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३/३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १/१ जनासहित ५३ जनाको समर्थन छ ।

माओवादीका ११ मध्ये एक सांसद सभामुख हुनुहुन्छ । चौधरी दाङको निर्वाचन क्षेत्र नं. ३ (१)बाट निर्वाचित हुनुभएको हो ।