काठमाडौं । सरकारले मिटरब्याजी पीडितसँग गरिएको सम्झौताबमोजिम मुलुकी फौजदारी संहिता संशोधन विधेयक छिट्टै संसद्मा लैजाने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजलाई फौजदारी कानुनको परिभाषामा समेट्ने गरी मुलुकी फौजदारी संहिता संशोधन मस्यौदा विधेयक मन्त्रिपरिद्ले स्वीकृत गरिसकेको जनाउँदै अब छिट्टै संसद्मा ल्याइने जानकारी दिनुभयो ।
सरकारले यसअघि नै मन्त्रिपरिषद्बाट मिटरब्याजलाई फौजदारी कानुनको परिभाषामा समेट्ने गरी मुलुकी फौजदारी संहिता संशोधन गर्ने निर्णय गरेको थियो ।
गृहमन्त्री श्रेष्ठले मिटरब्याज समस्या समाधानका लागि कार्ययोजनासमेत संसद्मा प्रस्तुत गर्नुभएको हो । गृहमन्त्री श्रेष्ठले नागरिकता विधेयकमा सबै राजनीतिक दलहरुका बीचमा सहमति खोज्ने कोसिस भइरहेको बताउनुभयो ।