Aafno Khabar

बागमती सरकारले आज पूर्णता पाउँदै

  • आफ्नो खबर
  • April 2, 2023 प्रकाशित

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले आजसाँझसम्म मन्त्रिपरिषद् विस्तार गर्नेगरी तयारी भइरहेको छ । बागमती प्रदेशमा ७ वटा मन्त्रालय रिक्त रहेका छन् ।

रिक्त रहेका ७ मन्त्रालयमध्ये ५ जना नेपाली कांग्रेसबाट तथा नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट १ जना मन्त्री नियुक्त गर्ने तयारी छ । ११ मन्त्रालय रहेको प्रदेशमा मन्त्रालय नबढ्ने गरी मन्त्रालयको भागबण्डा मिलाउने सहमतिअनुसार कांग्रेसले ५ वटा मन्त्रालय पाउने भएको हो ।

यसअघि कांग्रेसले ६ मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएकोमा मन्त्रालयको संख्या नबढाउने समझदारीपछि ५ वटा मन्त्रालयमा सहमति जुटेको हो ।

प्रदेश सरकारमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुर लामाले नेतृत्व गर्ने बताइएको छ ।