Aafno Khabar

कागेश्वरी नगरको खेलकुद शहरको सपनामा राखेपको ऐक्यबद्धता

  • आफ्नो खबर
  • March 25, 2023 प्रकाशित

काठमाडौं। कागेश्वरी मनोहरालाई खेलकुदको शहर बनाउने महत्वाकांक्षी योजनालाई नेपाली खेलकुदको सवैभन्दा महत्वपुर्ण निकाय राष्टिय खेलकुद परिषदले पनि सहयोग गर्ने प्रतिबद्धता सहित समर्थनको हात अगाडी बढाएको छ ।

खेलकुदका लागी आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने र खेलकुदको माहोल बनाउदै विशिष्ट योजना सहित अगाडी बढ्ने तयारीमा रहेको कागेश्वरी मनोहरा र राष्टिय खेलकुद परिषद विच खेलकुद नगरीको अभियानलाई सार्थक बनाउन आवश्यक गृहकार्य सहित अगाडी बढ्ने सैद्धान्तिक सहमती भएको छ ।

त्रिपुरेश्वर स्थित राष्टिय खेलकुद परिषदको कार्यालयमा शुक्रवार आयोजित कार्यक्रममा राखेप सदस्य सचिव टंकलाल घिसिडले कागेश्वरी मनोहरा नगरपालिकाले देखेको सपना उत्कृष्ट भएकाले यसलाई सहयोग गर्न आफु तत्पर रहेको बताए । विभिन्न खेलका पूर्वाधार तयार पार्ने, राष्टिय र अन्तराष्टिय स्तरका प्रतियोगिता संचालन गर्ने र खेलाडी उत्पादन र तयार गर्ने अभियानमा राखेपले विशेष साथ र सहयोग गर्ने प्रतिबद्धता पनि सो अवसरमा ब्यक्त गरेकाे छ ।

कागेश्वरी मनोहराले खेल स्थल निर्माणका लागी आवश्यक जग्गाहरु उपलब्ध गराउने प्रतिबद्धता पनि सो अवसरमा मेयर उपेन्द्र कार्कीले ब्यक्त गरे । कागेश्वरी मनोहराले उपलब्ध गराएका जग्गाहरुको अध्ययन गरी डिटेल प्रोजेक्ट रिर्पोट तयार गरी अगाडी बढ्नका लागी राष्टिय खेलकुद परिषदले आवश्यक बजेट विनियोजन गर्ने पनि सदस्य सचिव घिसिङले जानकारी दिए ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले खेलकुद नगरी बनाउने महा अभियानमा राष्टिय खेलकुद परिषदलाई जोड्न पाउदा आफुलाई गर्वको अनुभुति भएको बताए । राखेप सदस्य सचिवको खेलकुद प्रतिको लगाव र चिन्ताका कारण पनि आफनो अभियान सोचे भन्दा सफल हुने मेयर कार्कीको दावी छ ।

कार्यक्रममा राखेपका विभिन्न शाखाका प्रमुखहरु, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अजय बडतौला, वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयाल, वडा नं ७ का वडा अध्यक्ष भिम थापा, नगरपालिकाको इन्जिनियरिड। शाखा, खेलकुद नगरी संभाब्यता अध्ययन तथा समन्वय समितिका पदाधिकारी लगायतको उपस्थिति थियो ।

यसै विच कागेश्वरी मनोहरा नगरपालिकाले आगामी मे मा काठमाण्डौमा आयोजना हुने एसिसि मेन्स प्रिमियर लिग क्रिकेट प्रतियोगिताका खेलहरु मुलपानी क्रिकेट मैदानमा पनि संचालन हुने विषयले आफुलाई थप हर्षित बनाएको बताउदै सो प्रतियोगिता सफल बनाउनका लागी नगरपालिकाले सवै खालका सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् ।

सम्बन्धित शीर्षकहरु