Aafno Khabar
add khanepani

युएईविरुद्ध नेपालका बलर हाबी, ५४ रन बनाउँदा ७ विकेट गयो

  • आफ्नो खबर
  • March 12, 2023 प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा युएईविरुद्ध बलिङ गरिरहेको नेपालले सातौ विकेट लिएको छ ।

युएईका आयान खान आउट भएका छन् । खानलाई ललित नारायण राजवंशीको बलमा आउट भएका हुन् । पहिलो ओभरको पाँचौं बलमा व्रत्य अरबिन्दलाई गुमाएको युएईले तीन ओभर चार बलमा दोस्रो विकेटका रुपमा आर्यान लाक्रालाई गुमाएको थियो ।

चौथो ओभरको चौथो बलमा मुहम्मद वासिम आउट भएका थिए । पाँचौ ओभरको पहिलो बलमा युएईले चौथो विकेट गुमाएको थियो ।
नेपालका लागि ललित राजवंशीले ३ , सन्दीप लामिछाने २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १र१ विकेट लिए ।

युएईले अहिले १८ ओभर ७ विकेट गुमाएर ५३ रन बनाएको छ । टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुदैं २ सय ४८ रन बनाएको हो ।

सम्बन्धित शीर्षकहरु