Aafno Khabar

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदा ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि

  • आफ्नो खबर
  • December 18, 2022 प्रकाशित

काठमाडौं । फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो ।

निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जिताउन कप्तान लिओनेल मेसीले उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो। अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो।

फ्रान्स भने लगातार दोस्रो पटक उपाधि जित्न बन्चित बनेको छ। फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो।