अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए।
अष्ट्रेलियाले खेलकाे ७७ औं मिनेटमा इन्जो फर्नान्डेजको आत्मघाती गोल उपहार पाएकाे थियाे । अर्जेन्टिनाले क्वार्टरफाइनलमा अब नेदरल्याण्डकाे सामना गर्नेछ ।