काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ। काठमाडौ- १ मा अहिले बिहान ९ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
काठमाडौं- १ को मतगणना संघीय संसद् भवन नयाँ बानेश्वरमा भइरहेको छ। उक्त क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेल उम्मेदवार रहेका छन्।