काठमाडौं । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेकाले आजै राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने जानकारी दिएको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलियाले स्थिर समयमा आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गर्ने चेतावनी दिनुभयो ।
निर्वाचनमा प्रतिनिधिसभा २ हजार ४ सय १२ र प्रदेशसभातर्फ ३ हजार २ सय २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै समानुपातिकबाहेक प्रतिनिधिसभा २ हजार ४ सय १२ र प्रदेशसभातर्फ ३ हजार २ सय २४ जनाको उम्मेदवारी परेको बताइएको छ ।
निर्वाचनका लागि कूल ८ करोड मतपत्र छापिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो । उहाँले ७ हजार २ सय १९ जनाले निर्वाचनको पर्यवेक्षण गर्ने भन्दै १८ कूटनीतिक नियोगले अनुगमन गर्ने बताउनुभयो । मतदान केन्द्रमा ३ घेराको सुरक्षा व्यवस्था मिलाइएको र २ दिनभित्र केन्द्र निर्माण गरिने उहाँको भनाइ छ ।
मतदान सकिएलगत्तै मतपेटिका मतगणना स्थलमा पु¥याउनासाथ मतगणना सुरु गर्ने आयोगले जनाएको छ । छिटो छरितो ढंगले २२ गतेभित्र चुनाव परिणाम प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने आयोगको तयारी छ ।