काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रीकालाई हराएको छ । अष्ट्रेलियाको सिड्नीमा आज वर्षाले प्रभावित खेलमा पाकिस्तान दक्षिण अफ्रीकालाई डीएल पद्दतिको आधारमा ३३ रनले हराएको हो ।
पाकिस्तानले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले निर्धारित १४ ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रीकाले ब्याटिङ गरिरहदा वर्षा भएपछि खेल १४ ओभरमा घटाईएको थियो ।
डीएलको आधारमा दक्षिण अफ्रीकाले नयाँ लक्ष्य पाएको थियो । दक्षिण अफ्रीकाका लागि कप्तान टेम्बा बाभुमाले ३६ रन जोडे । पाकिस्तानका शहिन शाह अफ्रिदीले ३ तथा सादब खानले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । पाकिस्तानका लागि सादब खानले ५२ तथा इफ्तिखर अहमदले ५१ रनको अर्धशतकीय इनिङ खेले । दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले ४ विकेट लिए ।
यस जितसँगै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । समूह २ मा रहेको पाकिस्तानले ४ खेलमा ४ अंक जोडेको छ । पाकिस्तान तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।