Aafno Khabar
add khanepani

नेपालको पोस्टमा भारतको आधा दर्जन बढी गोल, फाइनल यात्रा असहज

  • आफ्नो खबर
  • July 31, 2022 प्रकाशित

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत नेपाल भारतसँग ८ गोलले पराजित भएको छ । आफ्नो तेस्रो खेलमा नेपाल घरेलु टोली भारतसँग ८ शुन्य गोलले पराजित भएको हो ।

पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको थप ७ गोल खायो । भारतीय खेलाडी सामू नेपालका खेलाडी निरिह बनेको खेलमा भारत एकपक्षिय रुपमा हाबी भएको थियो ।

सम्पूर्ण समय नेपालको गोल पोस्ट क्षेत्रमा बिताएको भारतले कुनै पनि अबसर खेर फालेन । नेपालले धेरै अवसर सिर्जना गर्नै सकेन् । पाएका केही अवसरमा पनि नेपालका खेलाडीले गोल गर्न सकेनन् ।

यसअघि लगातार दुई खेलमा शानदार जित निकालेको नेपाल तेस्रो खेलमा लज्जास्पद हार बेहोर्न बाध्य भयो । यसअघि पोस्ट क्लिनसिट राखेका नेपाली गोलकिपर इश्वर गुरुङले आजको खेलमा सबै समय तनाबपूर्ण रुपमा बिताए ।

पहिलो हाफमा पनि भारतले गोल गर्ने आधा दर्जन भन्दा बढी मौका गुमाएको थियो । नेपालले पनि गोलका केही अवसर बनाएपनि फिनसिङ हुन सकेन ।

नेपालले यसअघि माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । पहिलो खेलमै बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले हराएर पहिलो जित निकालेको थियो ।

शीर्ष दुईमा रहेर फाइनलमा स्थान बनाउनका लागि नेपाल र भारत दुवैलाई आजको खेल महत्वपूर्ण थियो । जसमा भारत पूर्णत सफल देखियो । नेपाललाई अब फाइनलका लागि बंगलादेशसँगको खेल कुनुपर्ने भएको छ ।