Aafno Khabar
add khanepani

नेपालको पोस्टमा भारतको गोलको वर्षा

  • आफ्नो खबर
  • July 31, 2022 प्रकाशित

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध दोस्रो हाफको १५ मिनेट भित्रै दुई गोल खाएको छ । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको केही समयमा नै दुई गोल बेहोरेको हो ।

भुवनेश्वरको कालिंगा स्टेडियममा भइरहेको खेलमा नेपाल घरेलु टोली भारत विरुद्ध दोस्रो हाफ चलिरहँदा तीन गोलले पछि परेको छ ।

यसअघि लगातार दुई खेलमा शानदार जितसहित क्लिनसिट राखेको नेपालले पहिलो गोल यसै खेलमा बेहोरेको हो । भारतका लागि ३२औं मिनेटमा टाइसन सिंह लवइटोङबामले गरे ।

नेपाली गोलकिपर इश्वर गुरुङले बल पूर्ण रुपमा रोक्न नसकेपछि नजिकै रहेका टाइसनले गोल गरेका हुन् । खेलको सुरुवातदेखि नै घरेलु टोली भारतले नेपालमाथि दबाब बनाएको थियो ।

पहिलो हाफमा भारतले गोल गर्ने आधा दर्जन भन्दा बढी मौका गुमाएको थियो । नेपालले पनि गोलका केही अवसर बनाएपनि फिनसिङ हुन सकेन ।

नेपालले यसअघि माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । पहिलो खेलमै बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले हराएर पहिलो जित निकालेको थियो ।

शीर्ष दुईमा रहेर फाइनलमा स्थान बनाउनका लागि नेपाल र भारत दुवैलाई आजको खेल महत्वपूर्ण छ ।