Aafno Khabar

रवि लामिछाने लडेकै क्षेत्रबाट पत्रकार खेम भण्डारी पनि चुनाव लड्ने

  • आफ्नो खबर
  • July 27, 2022 प्रकाशित

काठमाडौं । पत्रकार खेम भण्डारी अर्का चर्चित पत्रकार रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै चुनाव लड्ने भएका छन्। भण्डारीले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै रवि लामिछाने उठ्ने क्षेत्रबाट संघीय चुनाव लड्ने बताएका हुन्।

‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाउ लड्ने निर्णयमा पुगियो। नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ’ उनले लेखेका छन्।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा ‘भीआईपी’ को हात रहेको बताउँदै आएका भण्डारीले रवि लामिछानेले ती भीआईपीलाई बचाउन खोजेको आरोप लगाएका छन्।

उनले आफ्नो चुनावी एजेण्डा नै निर्मला हत्याको विषय बनाएका छन्। हालै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेका लामिछाने सो दलका सभापति हुन् भने न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष भण्डारी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आवद्ध छन्।