स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा अनियमितताको चाङ देखिएको छ । गाउँपालिका गण्डकी प्रदेशकै सबैभन्दा भ्रष्ट गाउँको रुपमा देखिएको महालेखा परीक्षकको कार्यालयद्धारा सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।
बेरुजु रकममा अग्र स्थानमा देखिएको कालिगण्डकीमा एउटै शीर्षकमा २६ पटक रकमान्तार भएको पाइएको छ । गाउँपालिकाले मूल बाटो र शाखा बाटो सरसफाईका लागि २६ पटक रकमान्तर गरेको पाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ मा स्वीकृत सीमा र शीर्षकबाहिर गई खर्च गर्न नपाउने ब्यवस्था छ ।