काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लव र एपिएफ क्लवले वागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । कीर्तिपुरको बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो ।
उता अघिल्ला दुई खेलमा जित निकालेको एपिएफ भने आज पुलिससँग पराजित भयो । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा हराएको हो ।
पहिलो सेटमा २५–१८ को जित निकालेको पुलिसले दोस्रो सेट एपिएफलाई सुम्पिएको थियो । दोस्रो सेटमा २५–१४ दस्कोर निकाल्दै फर्किने संकेत देखाएको एपिएफले बाँकी सेटमा सम्हालिएको प्रदर्शन गर्न सकेन ।
नियमित स्पाईकर र केही अनुभवि खेलाडी बिना मैदान उत्रिएको एपिएफले तेस्रो सेट २५–१७ र चौथो सेट २५–२० गुमाउन पुगेको थियो ।
यससँगै लिगका सबै खेल सकिएका छन् । राउण्डरोबिन लिगको आधारमा सञ्चालन भएको खेलमा अपराजित रहँदै पुलिस शीर्ष स्थानमा अटायो भने एपिएफ दोस्रो स्थानमा रह्यो । यी दुई टोलीबीच नै उपाधि भिडन्त हुने भएको हो ।
यसअघि आजै सम्पन्न दिनको पहिलो खेलमा आयोजक न्यु डायमण्ड एकेडेमीले परोपकार गल्र्स होस्टललाई हराएर जारी प्रतियोगितामा पहिलो जित निकाल्यो । स अब डायमण्डले तेस्रो स्थानको लागि परोपकारसँग नै प्रतिष्पर्धा गर्नेछ ।