काठमाडौं । नेपाली काँग्रेसको डा. शेखर कोईराला पक्षधर नेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब दिने निस्कर्ष निकालेका छन् ।
आज काठमाडौंमा भएको कोईराला पक्षीय नेताहरुको भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निस्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरुमा छलफल गरेको बताउनुभयो ।
उहाँले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको बताउनु भयो । नेता भण्डारीले छलफलमा राजनीतिक सोचाईमा परिवर्तन र त्यसको आधारमा आफ्नो समूहको विचारलाई कसरी अघि बढाउने भन्ने बारेमा पनि छलफल भएको बताउनुभयो । उहाँले बैठक भोलि २ बजेपछि पुनः बस्ने गरी स्थगित भएको बताउनुभयो ।