सिन्धुपाल्चोक । गयराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । मध्यरातमा आएको बाढीका कारण सो क्षेत्रका स्थानीय त्रसित भएका थिए ।
बाढी आएपछि हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी मध्यरातमा घर छोडेर सुरक्षित स्थानमा गएका थिए । गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो ।
अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको बताइएको छ । यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।