Aafno Khabar
add khanepani

मतगणनाको समयमा किन गोप्य रुपमा भेटे बालेनले ओलीलाई ?

  • आफ्नो खबर
  • May 31, 2022 प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चल्दै गर्दा नवनिर्वाचित मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको तस्बिर सार्वजनिक भएको छ। यस भेटबारे अहिलेसम्म दुवै पक्षले कुनै पनि कुरा बाहिर ल्याएका थिएनन्।

भेटका क्रममा बालेनको समूहले लिएको तस्बिर मंगलबार मात्र सार्वजनिक भएको हो। यी तस्बिर एमालेकी सांसद शान्ता चौधरीले आफ्नो फेसबुक पेजमार्फत् सार्वजनिक गरेपछि दुई पक्षबीच चुनावी तालमेल भएको हुन सक्ने चर्चा सुरु हुन थालेको छ । चुनावको समयमा बालेन पक्षसँग भेट भएको दुबै पक्षले पुष्टि गरेका छन्।

यता, काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले हिंसा र अन्यायमा परेका पीडित महिलाहरूको संरक्षण गर्ने बताएकी छन्।

उनले आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिम लगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाएको बताएकी छन्। सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समन्वय गरी अन्यायमा परेका र पीडित महिलाहरूका लागि आवश्यक कार्य गर्ने जनाइएको छ।

डंगोलले चुनावी प्रतिवद्धतापत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख गरिएको थयो। ‘सभ्य र शान्त समाज निर्माणका लागि वुमन सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखेको हो,’ उनले भनिन्।

उनले मेलमिलाप केन्द्र पनि प्रत्येक वडामा गठन गरी सानातिना विवादलाई वडा तहबाटै निरूपण गर्ने उद्धेश्यले मेलमिलाप केन्द्रहरूलाई थप प्रभावकारी बनाउने बताइन्।

उनले सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने पनि प्रतिबद्धता समेत व्यक्त गरेकी छन्।

सम्बन्धित शीर्षकहरु