चितवन । भरतपुर महानगरपालिकामा एक लाख १६ हजार ६६६ मतगणना हुँदा रेनु दाहालले ११ हजार ४५७ मतको अग्रता लिएकी छन्।
रेनु दाहालले ४७ हजार ४० मत ल्याएकी छन् भने एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत ल्याएका छन्।यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत ल्याएका छन्।
त्यस्तै, उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारीले ४७ हजार ९५८ मत ल्याएका छन् भने हिमला गुरूङले २७ हजार ९२२ मत ल्याएकी छन्।
अहिले २६ र २७ नम्बर वडाको मत गणना भइरहेको छ भने २८ र २९ को बाँकी छ।रेनु दाहालको अग्रता नै ११ हजारभन्दा धेरै भइसक्दा भरतपुरमा अब १० हजारभन्दा कम मत मात्र गन्न बाँकी छ। यो सँगै रेनु जीत नजिक छन्।
यता, जिल्लाका दुर्गम क्षेत्रमा पर्ने दुई गाउँपालिकाले सुत्केरी र अशक्तलाई निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको छ । बागमती गाउँपालिका र कोञ्ज्येसोम गाउँपालिकामा आज पदबहाली गर्दै पहिलो निर्णयका रुपमा आवश्यकलाई निःशुल्क एम्बुलेन्सको निर्णय गरेको हो ।
गाउँपालिकामा अध्यक्ष, उपााध्यक्षलगायत पदाधिकारीले पदबहाली गर्नुभएको हो । बागमती गाउँपालिकाको अध्यक्षमा बीरबहादूर लामा र उपााध्यक्षमा भक्तबहादूर दर्लार्मीे र कोञ्ज्येसोम गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का कृष्णमान लामा र उपाध्यक्षमा नेपाली कांग्रेसका राजनप्रसाद घिमिरे निर्वाचित हुनुभएको थियो ।
बागमती गाउँपालिकाकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र सुत्केरी स्याहार बापत रु दुई हजार दिइने निर्णय गरेको छ । आगामी आवदेखि बालविकास सहजकर्ता र विद्यालय कर्मचारीलको तलब सङ्घीय सरकारले तोकेअनुसार गरिने निर्णय भएको छ ।
कोञ्ज्येसोम गाउँपालिकाले गाउँपालिकाका ज्येष्ठ नागरिक, असहाय र सुत्केरी महिलालाई निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ ।
सुगम जिल्ला भए पनि ललितपुरमा तीन गाउँपालिका पूर्वाधार र आर्थिक विकासका हिसाबले पछाडि रहेका छन् ।
खासगरी स्वास्थ्य उपचारका लागि एम्बुलेन्सले ठूलो रकम लिने गर्दा नागरिक अस्पताल जान असहज थियो । निर्वाचन पहिले यहाँका सबै उम्मेदवारले आफू विजयी भएमा लक्षित वर्गलाई एम्बुलेन्स निःशुल्क गरिने प्रतिबद्धता जनाएका थिए ।